प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, २७ चैत २०८२, ११ : ५९
सारांश
- प्रधान सेनापति अशोकराज सिग्देलले पदोन्नति भएका दुई सैनिक अधिकृतलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
- नेपाल सरकारको निर्णयअनुसार सहायक रथी पदम बहादुर बुढा र पवन खत्री उपरथीमा पदोन्नति भएका हुन्।
काठमाडौँ । नेपाली सेनाको सहायक रथी पदबाट उपरथी दर्जामा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल सरकारको गत चैत २२ गतेको निर्णयअनुसार पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पीएचडी) र सहायक रथी पवन खत्रीलाई आज दर्ज्यानी चिन्ह लगाइएको हो।

सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित एक विशेष समारोहका बिच प्रधान सेनापति महारथी अशोकराज सिग्देलले दुवै अधिकारीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उनीहरूले नयाँ जिम्मेवारी सम्हाल्ने छन्।
उक्त समारोहमा सेनाका बलाधिकृत, रथी तथा अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण