बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ’

शुक्रबार, २७ चैत २०८२, १६ : ४०
शुक्रबार, २७ चैत २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्दै टिप्पणी गरेका छन्।
  • उनले प्रतिनिधिसभाको बैठकमा उपसभामुखको उम्मेदवारी र त्यसपछिको राजनीतिक घटनाक्रमलाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने बल्ल बुझेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने पढेको र सुनेको थिए । अहिले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछन् बुझ्ने मौका पाए ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्कित गर्दै यस्तो बताएका हुन् । शाहीले बिहीबार लामिछानेले आश्वासन दिएपछि उपसभामुखमा लामाले उम्मेदवारी दिएको बताएका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीबाट उपसभामुखका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । 

उनले राप्रपा प्रतिनिधि सभामा सङ्ख्यामा पनि थोरै भए पनि विचारमा बलियो रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप