आत्मरक्षा गर्न गोली चलाउँदा गैंडाको मृत्यु
सारांश
- चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा खटिएको सेनाको टोलीमाथि गैंडाले आक्रमण गर्दा आत्मरक्षाका लागि चलाइएको गोलीबाट गैंडाको मृत्यु भएको छ।
- आक्रमणमा परी घाइते भएका सिपाहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल लगिएको छ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि एकसिङ्गे गैंडाले आक्रमण गर्दा आत्मरक्षाका क्रममा गोली चलाउँदा गैंडाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब १२ः५० बजे निकुञ्जको कोर क्षेत्रमा गस्तीमा खटिएको नेपाली सेना को श्री नयाँ गोरख गण अन्तर्गतको टोली अर्धवयस्क बच्चासहितको पोथी एकसिङ्गे गैंडासँग जम्काभेट भएको थियो ।
सुरक्षात्मक उपाय अपनाउँदा पनि गैंडाले अचानक एक सिपाहीमाथि आक्रमण गरेको जनाइएको छ। त्यसपछि टोलीले गैंडा धपाउन १० राउण्ड हवाई फायर गरेको थियो। तर गैंडा नभागेपछि थप ४ राउण्ड हवाई फायर गरिएको थियो ।
त्यसपछि पनि आक्रमण नरोकिएपछि घाइते सिपाहीको ज्यान बचाउन २ राउण्ड गोली चलाइएको थियो। सो क्रममा एउटा गोली गैंडाको पेटभन्दा माथि करङमा लाग्दा गैंडाको घटनास्थलमै मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
आक्रमणमा घाइते भएका सिपाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौंमा सघन उपचार भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सुरक्षाकर्मीको जिउज्यान रक्षाका लागि बाध्य भएर गोली चलाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण