शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. शीतलकाजी श्रेष्ठलाई एनभिए राष्ट्रिय सम्मान

शनिबार, २८ चैत २०८२, ०८ : २९
शनिबार, २८ चैत २०८२

सारांश

  • नेपाल भेटेरिनरी एसोसिएसनले पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलाई एनभिए राष्ट्रिय सम्मान २०२६ बाट विभूषित गरेको छ।
  • भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा समावेश गर्न र क्षेत्रको उत्थानमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
  • समारोहमा पशु प्रजनन क्षेत्रमा योगदान पुर्‍याएबापत प्राध्यापक डा. भूमिनन्द देवकोटालाई पनि सम्मानित गरिएको छ।

बुटवल । नेपाल भेटेरिनरी एसोसिएसनले आफ्नो १६औँ राष्ट्रिय सम्मेलनको अवसरमा संस्थाका पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलाई एनभिए राष्ट्रिय सम्मान २०२६ बाट विभूषित गरेको छ। रुपन्देहीको तिलोत्तमामा जारी दुई दिने सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन् । 

नेपालको भेटेरिनरी क्षेत्रको उत्थान र यसलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान दिइएको हो। भेटेरिनरी सेवालाई राज्यको 'अत्यावश्यक सेवा' भित्र समावेश गराउन डा. श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। 

एसोसिएसनको ६० वर्ष लामो इतिहासमा सबैभन्दा कम उमेरमा अध्यक्ष बनेका उनले लगातार तीन कार्यकाल अर्थात् सात वर्षसम्म संस्थाको सफल नेतृत्व गरेका थिए। उनको सक्रियतामा सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको समेत स्थापना भएको छ, जसले दक्षिण एसियाली देशहरूबिच पशु स्वास्थ्यको क्षेत्रमा सहकार्य बढाउन मद्दत पुर्‍याएको छ।

सोही समारोहमा एसोसिएसनले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. भूमिनन्द देवकोटालाई पनि सम्मानित गरेको छ। उनलाई पशु प्रजननको क्षेत्रमा लामो समयदेखि पुर्‍याएको उल्लेखनीय प्राज्ञिक तथा व्यावसायिक योगदानका लागि सम्मान गरिएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप