बाँकेमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन
शनिबार, २८ चैत २०८२, ११ : २८
बाँके । डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो ।
मेडिकल अधिकृत डा रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा सुरु गरेको हो । अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ ।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा तिवारीले बताउनुभयो ।
डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण