वैशाख ३ देखि खोटाङमा विज्ञान र गणित प्रदर्शनी हुने
खोटाङ । यहाँको दिक्तेलमा आगामी वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरूपमा महोत्सव गर्ने भएको हो ।
विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिएका छन् ।
“प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको छ । युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै एआईको प्रयोग तथा सम्भावनाको खोजी गरेर स्थानीयस्तरमै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “महोत्सवमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआईमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टल राखिन्छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीपको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ ।”
महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः नगद २० हजार, दश हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । रोबो कार रेसमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीयलाई दश हजार र तृतीयलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पिपुल्स च्वाइस् अवार्ड र मोस्ट प्राक्टिकल इनोभेसन अवार्ड अन्तरगत नगद पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिने महोत्सवका संयोजक राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण