कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ बने विजेता
काठमाडौं । गोर्खा ब्रुअरीको आयोजनामा सञ्चालित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’ सम्पन्न भएको छ। काठमाडौंको प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा अप्रिल १० र ११ दुई दिनसम्म चलेको प्रतियोगितामा कुल १३० जना गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए।
स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगिताको मुख्य उपाधि कर्बिर तामाङले जितेका छन्। उनले ४८ काउन्टब्याक स्कोरसहित पुरुषतर्फको विजेता ट्रफी हात पारे। सोही स्कोर (४८ काउन्टब्याक) बनाएका अश्मांक कार्की प्रतियोगितामा रनर-अप घोषित भए।
प्रतियोगितामा हरि बहादुर थापाले ३५ स्कोरसहित ‘बेस्ट ग्रस विनर’ को उपाधि जिते। थापाले प्रतियोगिताकै मुख्य आकर्षणको रूपमा होल नम्बर १२ मा ‘होल इन वान’ गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
महिलातर्फको प्रतिस्पर्धामा ३६ स्कोर जोड्दै सुष्मा सिंह विजेता बनिन् भने ३४ काउन्टब्याक स्कोरसहित तारा कार्की चित्रकार रनर-अप भइन्।
प्रतियोगितामा सिनियर तथा सुपर सिनियर विधामा पनि पुरस्कृत गरिएको थियो। ६५ वर्षमाथिको पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता र क्याप्टेन मोहन गुरुङ रनर-अप बने। ७५ वर्षमाथिको सुपर सिनियर विधामा क्याप्टेन मणि लाल थापाले उपाधि जिते।
महिलातर्फ ६० वर्षमाथिको सिनियर समूहमा देवी पुलामी र ७० वर्षमाथिको सुपर सिनियरमा सन्ध्या राई विजेता बनेका छन्।
गोर्खा ब्रुअरीका अनुसार कार्ल्सबर्गले खेलकुदको भावना र प्रिमियम स्पोर्टिङ लाइफस्टाइललाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो। रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस कार्यक्रमले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभवसँगै कार्ल्सबर्गको सिग्नेचर ब्राण्ड अनुभव समेत प्रदान गरेको आयोजकले जनाएको छ।
विशेष विधा र पुरस्कार:
मोस्ट बर्डीज: कर्बिर तामाङ (४ बर्डी)
लङ्गेस्ट ड्राइभ (होल ११): सरोज थापा
क्लोजेस्ट टु द पिन (होल १२): खिम गौचन
स्पोर्टसम्यानसिप प्राइज: ब्रिगेडियर जनरल शशि किरण रायमाझी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण