मितज्यूको टिजर सार्वजनिक
सारांश
- जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म 'मितज्यू'को आधिकारिक टिजर सार्वजनिक गरिएको छ ।
- ग्रामीण परिवेशमा आधारित यो फिल्ममा हराउँदै गएको मितेरी साइनोको कथालाई प्रस्तुत गरिएको छ ।
- फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया पौजा मगरलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
काठमाडौँ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । टिजर ग्रामीण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई, सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन् । उनीहरू झगडा गरेको गरै गरेपछि मित लगाउँछन् ।
हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो २ मिनेट लामो टिजरमार्फत निर्देशकले झल्को दिलाएका छन्। पुराना पुस्तामा रहेको यो मितेरी साइनो नयाँ पुस्तामा निर्माण पक्षले कथा बन्ने चेस्टा गरेको छ।
'हात हेराउन ज्योतिषको पुगेका दया र सौगातलाई परस्त्रीसँग लसपस त भएको छैन। त्यसले विश्वकर्माको कृपा तपाईँमाथि घट्ने देखिन्छ भनेपछि अतालिन्छन्' । यसैको सेरोफेरोमा टिजरले भन्छन्। टिजरमा दयाहाङ, सौगातका अलवा खबपु, तेरिया पौजा मगर, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ ।
अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगरका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मलाई शिशिर बिशंखेले खिचेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण