दुई सय ८६ किलो गाँजासहित दुई जना पक्राउ
आइतबार, २९ चैत २०८२, १७ : ३२
सारांश
- धादिङको गजुरीबाट दुई सय ८६ किलो ४ सय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
- प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको गाडी जाँच गर्ने क्रममा उक्त परिणामको गाँजा फेला पारेको हो।
धादिङ । धादिङबाट करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट करिब २ सय ८६ किलो ४ सय ग्राम गाँजासहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नीलकण्ठ नगरपालिका–८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका–५ बस्ने १९ वर्षीय होमबहादुर विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण