धनगढी अब थप झिलिमिली : नौ स्थानमा जडान भयो स्मार्ट स्ट्रिट लाइट
सारांश
- धनगढी उपमहानगरपालिकाले 'उज्यालो धनगढी' अभियान अन्तर्गत नगरका नौ स्थानमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ।
- नगरका विभिन्न वडामा जनप्रतिनिधिहरूले एकैसाथ उद्घाटन गरेको यस अभियानले सहरको सुरक्षा र रात्रिकालीन आर्थिक गतिविधिलाई बढावा दिने अपेक्षा गरिएको छ।
धनगढी । धनगढी उपमहानगरपालिकालाई उज्यालो र सुरक्षित सहर बनाउने लक्ष्यका साथ सञ्चालित ‘उज्यालो धनगढी’ अभियानले अर्को फड्को मारेको छ। अभियानको आठौँ चरण अन्तर्गत आइतबार नगरका विभिन्न नौ स्थानमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइटको एकैसाथ उद्घाटन गरिएको हो।
उपमहानगरपालिकाको ‘एक वडा, एक आर्थिक केन्द्र’ निर्माण गर्ने नीतिलाई बल पुर्याउँदै विभिन्न वडाका जनप्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा बत्तीको औपचारिक सुरुवात गरेका छन्। उद्घाटन कार्यक्रम अन्तर्गत वडा नम्बर १ को कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक खण्डमा जडान गरिएको बत्तीको सुरुवात वडा अध्यक्ष सन्तोष मुडभरीले गरे।
नोभा अस्पताल र सेतोपुल नजिक आयोजना गरिएको सो कार्यक्रममा नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकलाकुमारी रानाको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, वडा नम्बर ३ को फाप्ला जाने सडकमा वडा अध्यक्ष राजबहादुर ऐर र वडा नम्बर ७ को बेली हनुमान मन्दिरदेखि सेतोपुलसम्मको खण्डमा वडा अध्यक्ष मोती रानाले बत्तीको उद्घाटन गरे।

यसैगरी, वडा नम्बर ८ को अनामनगर हुलाकी सडकमा वडा अध्यक्ष जुगराम चौधरी, वडा नम्बर ११ को बेला चोकदेखि थापाचोकसम्मको खण्डमा वडा अध्यक्ष रूप बहादुर कुँवर र वडा नम्बर १२ को जुगेडामा वडा अध्यक्ष शेर बहादुर महराले सडक बत्तीको सुरुवात गरे। वडा नम्बर १७ को घुर्जन्ना क्षेत्रमा पनि वडा अध्यक्ष माधव रानाले बत्तीको उद्घाटन गरेका छन्। नगरका मुख्य चोक र भित्री सडकहरूमा बत्ती जडान भएपछि स्थानीय बासिन्दाहरू निकै खुसी देखिएका छन्।
उपमहानगरपालिकाले यो अभियानले नगरको सुरक्षा व्यवस्थामा सुधार ल्याउनुका साथै रात्रिकालीन समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने विश्वास लिएको छ। सडक झिलिमिली भएसँगै स्थानीय बजारको विस्तार हुने र रात्रिकालीन आर्थिक गतिविधिमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको छ।
धनगढीलाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्न स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण