उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- उदयपुरको त्रियुगा नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय हरि दनुवारको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
- प्रहरीले टिपर चालक र दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा सोमबार बिहान टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान करिब ९:३० बजे झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा त्रियुगा नगरपालिका–९ डाँडाटोल बस्ने ३५ वर्षीय हरि दनुवार गम्भीर घाइते भएका थिए।
घाइते दनुवारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा अस्पताल पुर्याउनासाथ बिहान ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक बिपेश कुमार देवको कमाण्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। प्रहरीले टिपर चालक त्रियुगा नगरपालिका–७ होक्से बस्ने २८ वर्षीय आशिष माझी र दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण