धनगढीका २५ उत्कृष्ट विद्यालयलाई सम्मान
सारांश
- धनगढी उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई ब्यान्ड बाजासहित भव्य रूपमा सम्मान गरेको छ।
- सम्मानित हुने विद्यालयहरूमा १० वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयहरू रहेका छन्।
- नगर प्रमुख गोपाल हमालले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउन र शैक्षिक वातावरण सुदृढ पार्न यस्तो कार्यक्रम आयोजना गरिएको बताएका छन्।
धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई ब्यान्ड बाजा र उत्सवका साथ भव्य सम्मान गरेको छ। शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य सफलता प्राप्त गर्ने २५ वटा विद्यालयहरूलाई सोमबार एक विशेष समारोहका बिच पुरस्कृत गरिएको हो।
जसमा १० वटा सामुदायिक विद्यालयहरू रहेका छन्। सम्मानित हुनेहरूमा वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि , इन्द्रोदय मावि, पञ्चोदय मावि र शारदा मावि देवरिया रहेका छन् । यस्तै, सम्मानित हुनेमा जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि पनि रहेका छन्।
_91ZV9putwr.jpg)
त्यसैगरी, उत्कृष्ट नतिजा ल्याउने १५ संस्थागत विद्यालयहरू रहेका छन्। जसमा सिद्धार्थ विद्या मन्दिर, मयूर ई.बो., गुरुकुल ई.बो., जेसिज एभरेस्ट, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन, गोल्डेन ज्योति, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेशनल, दरबार ई.बो., ग्यालेक्सी मावि र डिलाइट ई.बो.रहेका छन्।
_5AaCR7kF9M.jpg)
परम्परागत सम्मानभन्दा फरक ढङ्गले ब्यान्ड बाजासहित गरिएको यो सम्मानले विद्यालय, शिक्षक र विद्यार्थीहरूमा थप उत्साह थपेको छ। उपमहानगरपालिकाका अनुसार विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धा बढाउन र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन यसरी सार्वजनिक रूपमा सम्मान गरिएको नगर प्रमुख गोपाल हमालले बताए।
_tnFMELJ6AX.jpg)
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उपनगरपालिकाको यो कदमले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझै राम्रो नतिजा ल्याउन प्रेरणा मिलेको विद्यालयका प्रधानाध्यापकहरूको बताएका छन्।
धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्दै पछिल्लो समय विद्यालयहरूको भौतिक र गुणस्तरीय सुधारमा जोड दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण