सातै प्रदेशमा कम्तीमा एक–एक विश्वविद्यालयमा कला विभाग चाहिन्छ
सारांश
- नेपालका सातै प्रदेशका कम्तीमा एक–एक विश्वविद्यालयमा कला विभाग स्थापना गरिनुपर्ने आवश्यकता छ।
- ललितकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय तहसम्म सांस्कृतिक संरचनाको निर्माण गर्नुपर्छ।
- परम्परागत शिल्पज्ञानलाई आधुनिक प्रविधिसँग जोड्दै नीतिगत सुधारमार्फत यस क्षेत्रलाई अर्थतन्त्रको बलियो आधार बनाउन सकिन्छ।
मो समयपछि देशकले बहुमतको सरकार पाएको छ । बहुमतको सरकार भएपछि स्थिर त हुन्छ नै । अझ आशालाग्दो कुरो के छ भने सरकारको नेतृत्वमा कला बुझेका युवा । त्यसैले, यो सरकारसँग देशले एक किसिमको अपेक्षा त गरेको छ नै, कलाक्षेत्रको पनि अपेक्षा धेरै छ ।
त्यसमा ललितकला क्षेत्र छुट्ने कुरै भएन । नेपालमा नेपालमा ललितकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन आजको अत्यावश्यक आवश्यकता पनि हो । वैभवशाली सांस्कृतिक विविधता र ऐतिहासिक मौलिकताले भरिपूर्ण नेपालमा ललितकला केवल सौन्दर्य अभिव्यक्ति मात्र नभई; पहिचान, परम्परा र अर्थतन्त्रसँग समेत गहिरोसँग जोडिएको क्षेत्र हो ।
तथापि, यस क्षेत्रले अपेक्षित संस्थागत संरचना, नीतिगत स्पष्टता र दिगो व्यवस्थापनको अभाव महसुस गरिरहेको छ । यस सन्दर्भमा ललितकला क्षेत्रको समग्र उन्नयनका लागि बहुआयामिक पहल आवश्यक देखिन्छ ।
त्यसका लागि सांस्कृतिक संरचना गठन अत्यन्त महत्त्वपूर्ण पक्ष हो । सङ्घीय संरचनाअनुसार प्रदेश र पालिकास्तरमा सांस्कृतिक संरचनाको स्पष्ट विकास हुनुपर्छ । सातै प्रदेश तथा पालिकामा ललितकला हब वा केन्द्र स्थापना गरी कलाकारलाई अभ्यास, अध्ययन अनुसन्धान र प्रदर्शनीका लागि आधार तयार गरिनु आवश्यक छ ।
परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी पुस्तान्तरण गरिनु आवश्यक छ ।
साथै, प्रत्येक क्षेत्रमा कलादीर्घा, कोसेलीघर तथा सङ्ग्रहालयको स्थापना गरी स्थानीय कला र परम्परालाई संस्थागत संरक्षण दिन सकिन्छ । गैरसरकारी संघ–संस्थालाई पनि प्रोत्साहन गर्दै सहकार्यको वातावरण बनाउनु जरुरी छ, जसले ललितकला क्षेत्रलाई थप गतिशील बनाउने छ ।
औपचारिक तथा अनौपचारिक शिक्षामार्फत नेपाली मौलिक रैथाने शिल्पज्ञानको पुस्तान्तरण अपरिहार्य छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म ललितकला शिक्षालाई व्यवस्थित पाठ्यक्रममा समावेश गर्नुपर्छ । हाल केही संस्थाहरूले यस क्षेत्रमा योगदान पुर्याइरहेका भए पनि सातै प्रदेशमा कम्तीमा एक–एक विश्वविद्यालयमा कला विभाग स्थापना गर्नुपर्ने आवश्यकता छ । ती विभागमार्फत सो प्रदेशमा रहेका रैथाने शिल्पज्ञानलाई अध्ययन तथा अभ्यासको विषय बनाइनु पर्दछ । त्यस्तै ७७ वटै जिल्लामा कक्षा ११ र १२ मा ललितकला विषय अनिवार्य वा उपलब्ध गराउने नीति ल्याउनु उपयुक्त हुनेछ ।
यसैगरी ठाउँ ठाउँमा कार्यशाला, तालिम, गोष्ठी, प्रदर्शनी र अन्तरक्रियामार्फत दक्ष जनशक्ति उत्पादनसँगै नवप्रवर्तनलाई जोड दिनुपर्छ । परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी पुस्तान्तरण गरिनु आवश्यक छ ।
नेपालमा विकास भएका ललितकलाका विविध पक्षको सैद्धान्तीकरणमा जोड दिनुपर्छ । खोज–अनुसन्धान, अभिलेखीकरण, प्रकाशन र प्रचारप्रसारमार्फत कला र कलाकारको तथ्याङ्क सङ्कलन आवश्यक छ । यसले नीति निर्माणमा सहयोग पुर्याउनुका साथै कला क्षेत्रको दीर्घकालीन योजना बनाउन मद्दत गर्दछ । साथै, ललितकलाको ब्रान्डिङ, मानकीकरण र विशिष्टीकरणमार्फत नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन सकिन्छ ।
लतितकला बिकासका लागि थुप्रै नीतिगत सुधार जरुरी छ, जुन हालसम्म पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । कलाकृतिको मूल्य निर्धारणका लागि स्पष्ट मापदण्ड बनाउनु, प्रतिलिपि अधिकार (कपिराइट) को कडाइका साथ कार्यान्वयन गर्नु, तथा सङ्ग्रहालय, स्मारक र कलाग्राम निर्माणका लागि दीर्घकालीन नीति आवश्यक छ ।
कलाकारको सिर्जनालाई सम्मानजनक आर्थिक मूल्य दिने वातावरण सिर्जना गर्न सरकारको सक्रिय भूमिकामा पनि काम गर्नुपर्ने देखिन्छ । यसका लागि समयसापेक्षित बदलिँदो युगसँग तालमेल खाने संस्कृति नीति अर्थात् सकेसम्म ललितकला नीति बनाउनु आवश्यक छ ।
यो क्षेत्रमा कलाकृति निर्माण गर्ने कच्चापदार्थसम्बन्धी समस्याहरू थुप्रै छन् । कलाकारहरूले प्रयोग गर्ने सामग्रीमा भन्सार र कर छुटको व्यवस्था, सहुलियत दरमा ऋण सुविधा, सहज ढुवानी व्यवस्था तथा अन्तर्राष्ट्रियस्तरको ल्याब परीक्षण प्रणाली विकास गरिनुपर्छ । यसले नेपाली कला उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुर्याउँछ ।
संघ, प्रदेश र पालिका तहबिच समन्वयको स्पष्ट मापदण्ड आवश्यक छ । संस्कृति मन्त्रालयमार्फत एकीकृत नीति र कार्ययोजना बनाइनुपर्छ । कलाकारका लागि अक्षयकोष, राहत तथा उपचार कोष स्थापना गर्नुका साथै विभिन्न अस्पतालमा सहुलियत वा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । यसले कलाकारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने देखिन्छ ।
बजार व्यवस्थापन ललितकला विकासको महत्त्वपूर्ण आधार हो । आन्तरिक तथा बाह्य बजार विस्तार गर्दै पर्यटनसँग जोडिएका मेला, महोत्सव, प्रदर्शनी र अक्सन प्रणालीलाई सुदृढ बनाउनुपर्छ ।
पेसाप्रतिको आत्मसम्मान अभिवृद्धि गर्न विशेष कार्यक्रमको रूपमा दिवङ्गत कलाकारका नाममा पुरस्कार स्थापना, नियमित सम्मान तथा प्रतियोगिताहरू आयोजना, तथा विद्वत्वृत्ति, छात्रवृत्ति र सिर्जनावृत्ति प्रदान गरिनुपर्छ । यसले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न मद्दत पुर्याउँछ ।
बजार व्यवस्थापन ललितकला विकासको महत्त्वपूर्ण आधार हो । आन्तरिक तथा बाह्य बजार विस्तार गर्दै पर्यटनसँग जोडिएका मेला, महोत्सव, प्रदर्शनी र अक्सन प्रणालीलाई सुदृढ बनाउनुपर्छ । डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सकिन्छ ।
ललितकला क्षेत्रलाई पर्यटनसँग जोडेर लाने नीति सरकारले अवलम्बन गर्नुपर्दछ । कलामार्फत प्रकृति, संस्कृति तथा नेपालीपनलाई ब्रान्डिङ गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । संयुक्त बैठक र समन्वयात्मक छलफलको अभ्यासलाई संस्थागत गरिनुपर्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, संघ, प्रदेश तथा पालिका सरकार र सम्बन्धित मन्त्रालयबिच नियमित बैठक र समन्वय हुनुपर्छ ।
साथै ललितकलासँग सम्बन्धित संघ–संस्थाहरूको वार्षिक भेला आयोजना गरी नीति निर्माणमा सहभागी गराइनुपर्छ ।
समग्रमा, नेपाली ललितकलाको संरक्षण, प्रवर्द्धन र विकासका लागि मौलिकताको जगेर्ना गर्दै रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने स्पष्ट लक्ष्यका साथ अघि बढ्नुपर्ने देखिन्छ । यसले मौलिक पहिचानसहितको शिल्प हस्तकलाको विकाससँगै उत्पादनमा जोड दिने नीति लिनसके नेपालमा दिगो रोजगारी बढ्छ । प्रत्येक स्थानीय तहलाई एक शिल्पहस्तकला ग्रामको रूपमा विकास गर्ने नीति लिनसकेमा रोजगारीको वृद्धि हुन्छ । व्यवस्थित ढंगले नीति तर्जुमा गर्दै अगाडि बढेमा नेपालमा आगामी १० वर्षभित्र करिब १५ लाखलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारीमा जोड्न सकिन्छ । साथै शिल्पहस्तकलाको निर्यातलाई अझै वृद्धि गर्न सकिन्छ । यसर्थ ललितकला क्षेत्र नेपालको अर्थतन्त्रको दिगो आधार बन्न सक्छ ।
यसका लागि पर्याप्त बजेट, प्रभावकारी नीति र बहुपक्षीय सहकार्य अपरिहार्य छन् । समसामयिक चित्रकला, मूर्तिकला, बहुआयामिक कला, लोककला, परम्परागत शिल्पकला र वास्तुकलाको संरक्षण र प्रवर्द्धनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय कला जगतमा सशक्त रूपमा प्रस्तुत गर्न सकिन्छ । साथै नेपाललाई सार्कको कलाको हबका रूपमा विकास गर्न सकिन्छ । यस दिशामा ठोस कदम चालिएमा नेपाली ललितकला विश्वसामु गर्वका साथ उभिन सक्षम हुनेछ ।
(लेखक सुरेन्द्र गौतम बिगत एक दशक भन्दा बढी समयदेखि ललितकला क्षेत्रमा क्रियाशील छन् )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण