दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको हो।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिका अन्तर्गतको कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आर्थिक वर्ष २०७८/७९ को ठेक्कामा प्रमुख प्रशासकीय अधिकृत आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीचको मिलेमतोमा बैंक ग्यारेन्टी नलिई र नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सम्झौता गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। सम्झौता बमोजिमको रकम र राजस्व सरकारलाई नबुझाई गाउँपालिकालाई हानी नोक्सानी पुऱ्याएको पुष्टि भएपछि उनीहरूलाई प्रतिवादी बनाइएको हो।
अख्तियारले दुवै प्रतिवादीसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायको मागदाबी गरेको छ। यो मुद्दा विशेष अदालतमा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण