सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आशा भोसलेको राजकीय सम्मानका साथ बिदाइ गरिँदै

सोमबार, ३० चैत २०८२, १४ : ५०
सोमबार, ३० चैत २०८२

सारांश

  • भारतीय सङ्गीतकी महान गायिका आशा भोसलेको आज अपराह्न मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।
  • ९२ वर्षको उमेरमा निधन भएकी भोसलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिएको छ।
  • ८२ वर्ष लामो गायन यात्रामा उनले पद्म विभूषणसहित थुप्रै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेकी थिइन्।

मुम्बई । भारतीय सङ्गीत आकाशकी उज्ज्वल नक्षत्र आशा भोसलेको आज अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा अन्त्येष्टि गरिँदैछ। ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको थियो।

भोसलेको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने तयारी छ। आज बिहानैदेखि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मुम्बईस्थित निवास कासा ग्रान्डमा राखिएको छ । अन्तिम संस्कार अघि उनलाई राष्ट्रिय झन्डामा बेरेर सलामी समेत अर्पण गरिएको छ। उनको अन्तिम दर्शनका लागि बलिउडकर्मी, राजनीतिज्ञ र फ्यानहरूको ठुलो घुइँचो लागेको छ।

आफ्नो ८२ वर्ष लामो गायन यात्रामा भोसलेका नाममा अतुलनीय कीर्तिमान छन्। उनले ९ पटक फिल्मफेयर अवार्डसहित १०० भन्दा बढी प्रतिष्ठित पुरस्कार जितेकी थिइन् ।

कला क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि उनलाई भारतको दोस्रो ठुलो नागरिक सम्मान पद्म विभूषणबाट समेत विभूषित गरिएको थियो। उनका हजारौँ कालजयी गीतहरूले विश्वभरका सङ्गीत प्रेमीको मन जितेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप