वार्षिक कार्ययोजनाबारे समीक्षा
काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आफ्नो वार्षिक कार्ययोजनाबारे समीक्षा गरेको छ।
समितिका सभापति कृष्णप्रसाद पौडेलेको अध्यक्षतामा आज बसेको बैठकले साउनदेखि चैत मसान्तसम्म भएका काम कारबाहीबारे समीक्षा गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए।
बैठकले समितिले बाँकी काम असार मसान्तसम्म सक्ने गरी कार्ययोजना स्वीकृत गरेको छ । यस्तै, प्रि–बजेट छलफललाई अगाडि बढाउने, सरकारले अगाडि सारेको सुशासनसम्बन्धी कार्यसूची परिणाम निकाल्ने गरी ‘फ्लोअप’ गर्ने निर्णय गरिएको छ।
समितिले बजेट कार्यान्वयन भए/नभएकाबारे अध्ययनका साथै अनुगमन मूल्याङ्कन र निर्णयको कार्ययोजना बनाएर समीक्षा गर्ने निर्णय गरेको सचिव डा. पाण्डेले बताए। बैठकमा बजेट, सुशासन, निर्णय कार्यान्वयनलगायत २४ वटा विषयमा केन्द्रित रहेर छलफल भएको उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण