छैटौँ कटारी गोल्डकपः झापा सेमिफाइनल प्रवेश
सारांश
- झापाले कटारी गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
- च्याम्पियन ब्वाइजलाई ३-२ गोलले हराएर झापाले जित हासिल गर्यो ।
- प्रतियोगिता वैशाख ५ गतेसम्म चल्नेछ, जसमा ८ टिम सहभागी छन्।
उदयपुर । उदयपुरको कटारीमा शनिबारदेखि जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगितामा चात्या फुटबल क्लब झापा सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन च्याम्पियन ब्वाइज काठमाडौँलाई ३–२ गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको पहिलो हाफमा च्याम्पियनका लागि १० मिनेटमा सविन राईले गोल गर्दै अग्रता लिएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा झापाका लागि फागुराम थारुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफ सुरु भए लगत्तै झापाका मिलन राईले गोल गरेर अग्रता लिए । पुनः च्याम्पियनका लागि दगेन राईले दोस्रो हाफको २३औँ मिनेटमा गोल गरेर बराबरी बनाएका थिए । दोस्रो हाफको ३०औँ मिनेटमा झापाका लागि मिलन लिम्बूले गोल गरेपछि झापाको गोल सङ्ख्या तीन पुगेको हो ।
त्यसपछि दुवै टिमबाट गोल हुन सकेन । आजको खेलको म्यान अफ द म्याच झापाका मिलन राई घोषित भएका छन् । उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले नगद पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गर्नुभयो । प्रतियोगिताको विजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
त्यसैगरी उपविजेताले नगद रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आठ टिम सहभागी प्रतियोगिता आगामी वैशाख ५ गते सम्पन्न हुने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल मङ्गलबार केराबारी फुटबल क्लब, मोरङ र पाँचौँ कटारी गोल्डकपको उपविजेता शलेस युथ क्लब सिरहाबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण