इशान किशन चम्किँदा सनराइजर्स हैदराबादको सानदार जित, राजस्थान ५७ रनले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ को खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ।
- हैदराबादका लागि इशान किशनले ९१ रनको विस्फोटक पारी खेल्दै टोलीलाई २१६ रनको योगफलमा पुर्याएका थिए।
- राजस्थानको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा हैदराबादका सकिब हुसैन र प्रफुल हिङ्गेले समान ४-४ विकेट लिएका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। हैदराबादले प्रस्तुत गरेको २१७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमा समेटियो ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनाएको थियो । हैदराबादका लागि ओपनर इशान किशनले विस्फोटक ब्याटिङ गर्दै मात्र ४४ बलमा ९१ रनको उत्कृष्ट पारी खेले । उनलाई हेनरिच क्लासेनले २६ बलमा ४० रन र नितिश कुमार रेड्डीले १३ बलमा २८ रन बनाउँदै राम्रो साथ दिएका थिए । राजस्थानका लागि जोफ्रा आर्चरले २ तथा रियान पराग र सन्दीप शर्माले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले राम्रो सुरुवात गर्न सकेन। राजस्थानका लागि डोनोभान फरेराले सर्वाधिक ६९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४४ बलको सामना गरे। त्यस्तै, रविन्द्र जडेजाले ३२ बलमा ४५ रन र तुषार देशपाण्डेले ११ बलमा २५ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
हैदराबादको जितमा बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो। सकिब हुसैन र प्रफुल हिङ्गेले घातक बलिङ गर्दै समान ४(४ विकेट लिए। सकिबले ४ ओभरमा २४ रन खर्चिए भने प्रफुलले ३४ रन दिए । त्यस्तै, ईशान मालिङ्गाले पनि २ विकेट आफ्नो नाममा लेखाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण