बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

नयाँ वर्षका दिन सुनको मूल्य बढ्यो, तोलामा ३ लाख नजिक

मङ्गलबार, ०१ वैशाख २०८३, ११ : ०६
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
  • आज छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
  • सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भई प्रतितोला ५ हजार ६५ रुपैयाँ पुगेको छ।

काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो ।

महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि वर्ष २०८२ को अन्तिम दिन (हिजो) सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ३७० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३४३ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप