अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ ट्यांकरले स्ट्रेट अफ होर्मुज पार गर्यो
सारांश
- अमेरिकी प्रतिबन्धमा परेको चीनसँग सम्बन्धित एक तेल ट्यांकरले मंगलबार स्ट्रेट अफ होर्मुज पार गरेको छ।
- मालावीको झण्डा बोकेको उक्त जहाजले सोमबारको प्रयास असफल भएपछि मंगलबार बिहान सो क्षेत्र पार गरेको हो।
- केप्लरका अनुसार मेथानोल बोकेको सो ट्यांकरको गन्तव्य चीन रहेको छ।
तेहरान । अमेरिकी प्रतिबन्धमा परेको चीनसँग सम्बन्धित एक तेल ट्यांकरले मंगलबार स्ट्रेट अफ होर्मुज पार गरेको देखिएको छ । समुद्री ट्र्याकिङ सेवा मरिन टाफिकको तथ्यांकअनुसार उक्त जहाजले स्ट्रेट अफ हर्मुज पार गरेको संकेत मिलेको हो ।
मालावीको झण्डा बोकेको यो ट्यांकरले सोमबार दिउँसो पहिलो प्रयास गरेको थियो । तर इरानको केशम द्वीपनजिकै पुगेर केही समयपछि फर्कियो । त्यसपछि साँझ पुनः प्रयास गर्दै मंगलबार बिहानसम्म स्ट्रेट पार गरेको देखिएको छ ।
फूल स्टार शिपिङ लिमिटेडको स्वामित्वमा रहेको यो जहाज शङघाई जुआनरुन शिपिंग कम्पनी लिमिटेडसँग सम्बन्धित मानिन्छ । इरानसँग सम्बन्ध भएको कारण अमेरिकाले यसलाई सन २०२३ देखि प्रतिबन्ध लगाएको हो । यसअघि यो जहाज फूल स्टार नामबाट हङकङको झण्डामुनि सञ्चालनमा थियो ।
जहाज कुन बन्दरगाहबाट आएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन । हाल अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी लागू गरिरहेको छ ।
डाटा विश्लेषण कम्पनी केप्लरका अनुसार उक्त ट्यांकरले मेथानोल बोकेको छ भने यसको गन्तव्य चीन रहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण