गण्डकीमा नवनियुक्त मन्त्रीहरूको बरीयतामा को अगाडि ?
सारांश
- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दै कांग्रेस र एमालेका गरी आठ जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
- प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । यसअघि रहेका आफ्ना क्याबिनेटका सबै मन्त्रीलाई हटाएर उनले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।
कांग्रेसबाट ४ र एमालेबाट ४ जना गरी ८ जना मन्त्री नियुक्त भएका छन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार शपथ गराएका छन् । संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् हेरफेर भएको हो । नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन पनि फरक छ । दोस्रो नम्बरमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली छन् ।
तेस्रोमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने, चौथोमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन छन् । पाँचौँमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की, छैटौँमा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, सातौँमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, आठौँमा स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे र नवौँ नम्बरमा वन तथा वातावरण मन्त्री नम्डु गुरुङलाई राखिएको छ ।
गोविन्द, भीम, यशोदा र लक्ष्मण एमालेबाट मन्त्री बनेका हुन् भने नन्द, जित, रेखा र नम्डु कांग्रेसबाट मन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण