सुदूरपश्चिमका सात जिल्लामा खेलकुद समितिका अध्यक्ष नियुक्त
सारांश
- सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्षहरू नियुक्त गरिएको छ।
- प्रदेश खेलकुद परिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा नयाँ नेतृत्व चयन गरेको हो।
- नवनियुक्त अध्यक्षहरूले चार वर्षे कार्यकालका लागि जिम्मेवारी पाएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको छ। प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
बैठक सामाजिक विकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो। परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र डडेलधुरा जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो।
नियुक्त भएका अध्यक्षहरूमा कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐर रहेका छन् ।
राजनीतिक भागबन्डाका आधारमा गरिएको नियुक्तिमा बैतडीका भुपेन चन्द र बाजुराकी कोपिलाकुमारी सिंह एमालेको कोटाबाट चयन भएका छन् भने बाँकी पाँच जिल्लाका अध्यक्ष कांग्रेस को सिफारिसमा नियुक्त गरिएको जनाइएको छ।
नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिइएको परिषद्ले जनाएको छ । यसअघि नै डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेका छन् । प्रदेशमा खेलकुद क्षेत्रलाई सुदृढ बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण