दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ पेस गर्न आदेश
सारांश
- सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
- अदालतले म्याद थपका लागि खडा गरिएको पर्चा र थुनाको कारणसहित बिहीबार १२ बजेसम्म जवाफ पेस गर्न भनेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सुनुवाइका लागि पेसी तय भएको थियो । खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका थिए।
खड्काको हकमा राजस्व अनुसन्धान विभागको गत चैत ३० को पत्रबाट अनुरोध भएअनुसार, ललितपुर जिल्ला अदालतबाट तेस्रो पटक ३ दिन को म्याद थपिएको अप्रमाणित पत्र सरकारी वकिलबाट इजलासलाई प्राप्त भएको आदेशमा जनाइएको छ।
ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चासमेत संलग्न गरी बिहीबार १२ बजे सम्ममा प्राप्त हुने गरी झिकाउन भनिएको छ।
सर्वोच्चले विभाग र ललितपुर जिल्ला अदालतबाट खड्कालाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफसमेत झिकाउन आदेश दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण