सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पसलको धुलो फुटपाथमा फाल्नेलाई २५ हजार जरिवाना

बुधबार, ०२ वैशाख २०८३, १७ : २७
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले दरबार मार्गस्थित एक पसलका सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
  • पसलको म्याटबाट फुटपाथमा धुलो झारेको भिडियो सामाजिक सञ्जालमा देखिएपछि महानगर प्रहरीले सो कारबाही गरेको हो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार मार्गको एक पसल धनीलाई जरिवाना तिराएको छ । महानगरको वडा नम्बर १ स्थित दरबारमार्गमा पसलको म्याटबाट पेटीमा धुलो झारेको सामाजिक सञ्जालमा देखिएको भन्दै पसल धनी पङ्कज कुमारलाई महानगर प्रहरी बलले  २५ हजार जरिवाना गराएको हो ।

महानगरले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत कारबाही गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप