सातदोबाटो युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा
सारांश
- सातदोबाटो युथ क्लब १६औँ इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
- बुधबार भएको क्वाटरफाइनल खेलमा सातदोबाटोले आयोजक राष्ट्रिय जागृति क्लबलाई २-० ले पराजित गरेको छ।
- सातदोबाटोको जितमा सुरजज्यु ठकुरी र समिर तामाङले एक-एक गोल गरेका छन्।
सुनसरी । सातदोबाटो युथ क्लब, ललितपुर १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।
इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन सुरजज्यु ठकुरी र समिर तामाङले एक–एक गोल गरे । खेलको ३१औँ मिनेटमा सुरजले झन्डै ३० यार्ड टाढाबाट प्रहार गरेको बल सिधै जालीमा पुगेको थियो । त्यसको चार मिनेटपछि, ३५औँ मिनेटमा समिरले उत्कृष्ट गोल गर्दै पहिलो हाफमै टिमलाई २–० को अग्रता दिलाए ।
जागृतिका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै राज भुषालको प्रहार गोलपोस्टमा लागेर फर्किएको बललाई समिरले सजिलै गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि जागृति सफल हुन सकेन र आयोजक टोली पहिलो खेलबाटै बाहिरिन बाध्य बन्यो ।
उत्कृष्ट प्रदर्शन गरेका समिर तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण