बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौंः अर्थमन्त्री वाग्ले

बिहीबार, ०३ वैशाख २०८३, ०० : ०९
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • अर्थमन्त्री वाग्लेले बजेट नागरिकको जीवनस्तर सुधार्ने गरी केन्द्रित गरिने बताए ।
  • उनले उद्यमशीलताको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने कुरामा जोड दिए ।
  • भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखिने कुरा उनले बताए ।

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन् ।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताए ।

अर्थमन्त्री डा वाग्लेले पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले उद्यमशीलताको प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको उल्लेख गरे ।

अर्थमन्त्री डा वाग्लेले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै जिम्मेवार हुने पर्ने भन्दै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।

प्रतिनिधिमण्डलले सरकारले सबै सञ्चारमाध्यमको विकासका लागि सन्तुलित नीति अगाडि सार्नुपर्ने माग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप