मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छैटौँ कटारी गोल्डकपमा आयोजक कटारीलाई पन्छाउँदै झापा फाइनलमा प्रवेश

बिहीबार, ०३ वैशाख २०८३, ०० : १६
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • कटारीमा भएको खेलमा झापाले आयोजक कटारीलाई हराएर फाइनलमा स्थान बनायो ।
  • झापाका खेलाडीहरू सौरभ लिम्बू, विवेक पौडेल र पुजन चौधरीले गोल गरे ।
  • प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन्।

कटारी । उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर ‘गोल्डकप नकाउट फुटबल’ प्रतियोगितामा चात्यासा फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाले आयोजक कटारी ११ लाई ३–० गोल अन्तरको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

झापाका लागि सौरभ लिम्बूले पाँच मिनेट, विवेक पौडेलले १० मिनेट र पुजन चौधरीले ७०औँ मिनेटमा गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ झापाका सौरभ लिम्बू घोषित भए । उनलाई कटारी नगरपालिकाका पूर्वउपप्रमुख भिमकुमारी राउतले नगद पाँच हजारका साथमा ट्रफी र मेडल प्रदान गरिन् ।

कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी, उपविजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आठ टोली सहभागी प्रतियोगिता आगामी वैशाख ५ गते सम्पन्न हुने समितिका अध्यक्ष दीपक राईले जानकारी दिनुभयो । प्रतियोगितामा बिहीबार जष्ट जोन फुटबल क्लब, नाइजेरिया र शहलेस फुटबल क्लब सिरहाबीच अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

नाइजेरिया र सिरहाको विजयी टोलीले फाइनलमा उपाधिका लागि झापासँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप