कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्चमा सुरु भयो बहस
सारांश
- नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ।
- न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गएको रिटमाथि न्यायाधीशद्वय र शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बहस भइरहेको हो ।
आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । भोलि सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले यही रिटमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।
देउवा र खड्काले ४ माघमा रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरुरी देखिएको बताएको थियो ।
देउवा र खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण