राजनीति
कांग्रेसले लेखा समिति सभापतिमा भरत खड्कालाई उम्मेदवार बनाउने
बिहीबार, ०३ वैशाख २०८३, १४ : ३३
सारांश
- नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेसँगै खड्काको जित्ने सम्भावना बलियो बनेको छ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले खड्कालाई उम्मेदवार बनाउने पार्टीबाट कुरा आएको जानकारी दिए । ‘पार्टीले भरत खड्कालाई उम्मेदवार बनाउन भनेको छ,’ आङदाम्बेले रातोपाटीसँग भने।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेकाले खड्का सभापतिमा निर्वाचित हुने सम्भावना प्रबल छ । २७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण