बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
संसदीय दलको बैठक

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

बिहीबार, ०३ वैशाख २०८३, १५ : ३५
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुलीलाई संसदीय दलको उपनेतामा चयन गरेको छ।
  • पार्टीको बिहीबार बसेको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ।
  • सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् । 

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो । 

‘गणेश पराजुली संसदीय दलको उपनेता, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको छ’, महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप