वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति
सारांश
- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सडक दस्तुर सङ्कलनका लागि 'आरएफआईडी' ट्याग जारी गर्न अनुमति दिएको छ।
- यो व्यवस्थाले सवारी साधनहरू टोल प्लाजामा नरोकी स्वतः डिजिटल भुक्तानी गर्न सहज बनाउनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ । हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
नयाँ निर्देशनअनुसार अब अनुमतिपत्र प्राप्त वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर सङ्कलन गर्ने प्रयोजनका लागि ‘आरएफआईडी’ जारी गर्न सक्नेछन् ।
यस व्यवस्थाले सडकमा दस्तुर तिर्नका लागि सवारी साधन लामो समय लाइन बस्नुपर्ने झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । सवारी धनीले बैंकबाट यस्तो प्रिपेड ट्याग वा कार्ड लिएर आफ्नो सवारीमा जडान गरेपछि टोल प्लाजाहरूमा सवारी नरोकीकन स्वतः दस्तुर भुक्तानी हुनेछ ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने सरकारको नीति अनुरूप राष्ट्र बैंकले यो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण