पोखरीमा डुबेर ज्यान गुमाउने दुवै बालबालिकाको पहिचान खुल्यो
सारांश
- बझाङको वित्थडचिर गाउँपालिका-१ मा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ५ वर्षीय जेनिस बोहरा र ६ वर्षीया प्रिन्सा बोहरा रहेका छन्।
- खेल्ने क्रममा पोखरीमा डुबेका बालबालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ मा पोखरीमा मृत्यु हुने बालबालिकाको पहिचान खुलेको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–१ का गगन बोहराका ५ वर्षीय छोरा जेनिस बोहरा र सोही ठाउँका सन्तोष बोहराकी ६ वर्षीया छोरी प्रिन्सा बोहरा रहेका छन् ।
माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्र खेल्दै जाने क्रममा बालबालिका त्यहाँ रहेको पोखरीमा पुगेका थिए । शौचालयका लागि पानी सङ्कलन गर्न बनाइएको उक्त पोखरीमा नुहाउने र खेल्ने क्रममा उनीहरू डुबेका थिए । समयमै कसैले नदेखेको र उद्धार गर्न नसकिएका कारण उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एउटै गाउँका दुई अबोध बालबालिकाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमग्न बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण