१० सांसदको संसदीय समिति हेरफेर
सारांश
- सभामुखले प्रतिनिधि सभाका १० जना सांसदको संसदीय समिति हेरफेर गरेका छन्।
- विभिन्न समितिमा रहेका सांसदहरूलाई अर्को समितिमा सरुवा गरिएको छ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले १० सांसदका संसदीय समिति हेरफेर गरेका छन् । बिहीबार सभामुख अर्यालले अधिवेशन प्रारम्भ भएपछि सहमतिको लागि प्रस्ताव गर्ने गरी हेरफेर गरेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
सचिव राईले निकालेको विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरालाई ल्याइएको छ ।
राम लामालाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पुर्याइएको छ । गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ल्याइएको छ ।
दीपकराज बोहरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, बब्लु गुप्ता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा ल्याइएको छ ।
रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा, हरि प्रसाद भुसाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र
चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको सचिव राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण