शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भ्रष्टाचार मुद्दा दायर

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा

बिहीबार, ०३ वैशाख २०८३, १७ : ५८
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • तिवारीमाथि १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।
  • अख्तियारले तिवारीकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि सो मुद्दामा प्रतिवादी बनाएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता सुरेश न्याैपानेले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप