विश्वमञ्चमा बालेन्द्र शाह, टाइम्स सूचीमा परेपछि रास्वपाको सम्मान
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह टाइम्स म्यागेजिनको प्रभावशाली व्यक्तिहरूको सूचीमा परेकोमा सम्मान व्यक्त गरेको छ।
- रवि लामिछानेले यो उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उच्च बनाएको भन्दै खुसी व्यक्त गरेका छन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री तथा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वप्रसिद्ध टाइम्स म्यागेजिनले विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको उपलब्धिप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरेको छ।
बिहीबार पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा उक्त बधाई प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री शाहको यो ऐतिहासिक उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उच्च बनाएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, जवाफदेहिता र रूपान्तरणप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
उनले यस्तो उपलब्धि केवल व्यक्तिगत सफलता नभई समग्र राष्ट्रका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले नेपाललाई विश्वमञ्चमा थप सशक्त रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने बताए।
रास्वपाले प्रधानमन्त्री शाहलाई उक्त उपलब्धिका लागि पुनः बधाई दिँदै आगामी दिनमा देशको विकास, सुशासन र समृद्धिको यात्रामा अझ प्रभावकारी नेतृत्वको अपेक्षा समेत व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण