मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
सारांश
- प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्।
- उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताकी स्रोतका रूपमा स्मरण गर्दै आमाहरूको दीर्घायुको कामना गरेका छन्।
- प्रधानमन्त्री शाहले सन्तानको कर्मले आमा र मातृभूमि नेपाल सधैं खुसी र गर्वित हुन सकून् भन्ने भावना व्यक्त गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका छन् ।
'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' भन्ने शास्त्रीय वचनलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन् । उनले सृष्टिकी मुहान आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन् ।
आफ्नो शुभकामना उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताकी स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सन्तानका रूपमा आफूहरूको कर्मले आमाहरूलाई सधैं गर्व महसुस गराउन सकौँ भन्ने भावना व्यक्त गर्दै भनेका छन्, 'आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।'
शुभकामनामा उनले मातृभक्तिसँगै देशभक्तिलाई पनि जोड्दै भनेका छन्, 'हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण