मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै सबैभन्दा धनी व्यक्ति
सारांश
- गौतम अडानी मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।
- अडानीको कुल सम्पत्ति ९२.६ अर्ब डलर पुगेको छ भने उनी विश्वको १९औँ धनी व्यक्तिको सूचीमा उक्लिएका छन्।
- भारतीय सेयर बजारमा अडानी ग्रुपको सेयर मूल्यमा आएको उछालका कारण उनको सम्पत्तिमा वृद्धि भएको हो।
नयाँ दिल्ली । अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन्। उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन्।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति (नेटवर्थ) ९२.६ अर्ब डलर पुगेको छ। यस वर्ष उनको सम्पत्तिमा ८.१० अर्ब डलरको वृद्धि भएको छ। यससँगै उनी विश्वका धनीहरूको सूचीमा १९औँ स्थानमा उक्लिएका छन्।
मुकेश अम्बानीको कुल सम्पत्ति ९०.८ अर्ब डलरमा खुम्चिएको छ। यस वर्ष अम्बानीको सम्पत्तिमा १६.९ अर्ब डलरको गिरावट आएको छ। उनी हाल एसियाको दोस्रो र विश्वको २०औँ धनी व्यक्तिका रूपमा रहेका छन्।
भारतीय सेयर बजारमा अडानी ग्रुपको सेयर मूल्यमा आएको उछालका कारण उनको सम्पत्तिमा वृद्धि भएको हो। पछिल्लो कारोबारमा अडानीको सम्पत्ति ३.५६ अर्ब डलरले बढ्दा अम्बानीको सम्पत्तिमा भने खासै ठूलो परिवर्तन देखिएन।
विश्वका शीर्ष २० धनीमध्ये यस वर्ष ७ जनाको सम्पत्ति घटेको छ। जसमा फ्रान्सेली व्यवसायी बर्नार्ड अर्नाल्टले सबैभन्दा बढी ४४ अर्ब डलर गुमाएका छन्। विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा भने ६५६ अर्ब डलरका साथ एलन मस्क पहिलो स्थानमा कायमै छन्। यस्तै, गुगलका ल्यारी पेज दोस्रो र अमेजनका जेफ बेजोस तेस्रो स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण