अध्यक्ष पदबाट बाहिरिँदै नेटफ्लिक्सका सह-संस्थापक रीड हेस्टिङ्स
सारांश
- नेटफ्लिक्सका सह-संस्थापक तथा अध्यक्ष रीड हेस्टिङ्सले आफ्नो पदबाट बाहिरिने घोषणा गरेका छन्।
- कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतले गिरावट आएपछि लगानीकर्ताहरू चिन्तित बनेका छन्।
वासिङ्टन डीसी । स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सका सह–संस्थापक तथा अध्यक्ष रीड हेस्टिङ्सले कम्पनी छोड्ने घोषणा गरेका छन् । उनले २९ वर्षअघि स्थापना गरेको कम्पनीबाट जुनमा हुने वार्षिक बैठकपछि औपचारिक रूपमा बाहिरिने योजना बनाएका हुन् ।
नेटफ्लिक्सले वार्नर ब्रोज डिस्कभरीसँगको करिब ७२ अर्ब डलरको ठुलो सम्झौता गुमाएपछि यो घोषणा आएको हो । वार्नर ब्रोज डिस्कभरी प्यारामाउन्ट स्काईडान्सको पोल्टामा परेको छ ।
लगानीकर्तालाई पठाएको पत्रमा आफू अब परोपकार तथा अन्य काममा केन्द्रित हुने हेस्टिङ्सले बताएका छन् । उनको बहिर्गमनको खबर सार्वजनिक भएपछि नेटफ्लिक्सको सेयर मूल्य बिहीबार झन्डै ८ प्रतिशतले घटेको थियो ।
हेस्टिङ्सलाई घरमै फिल्म र टेलिभिजन हेर्ने तरिकामा क्रान्ति ल्याउने व्यक्तिका रूपमा लिइन्छ । उनले परम्परागत हलिउड मोडेललाई चुनौती दिँदै स्ट्रिमिङ युगको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
विश्लेषक रिच्ड ए ग्रीन फिल्डका अनुसार कम्पनीको आर्थिक अवस्था सुधारोन्मुख रहे पनि हेस्टिङ्सको बहिर्गमनले लगानीकर्तालाई चिन्तित बनाएको छ । यद्यपि, नेटफ्लिक्सले आफ्नो लक्ष्य-विश्वभरका दर्शकलाई विभिन्न भाषा, संस्कृति र रुचिअनुसार मनोरञ्जन प्रदान गर्ने-यथावत् रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण