काठमाडौँमा तीन महिनामा ८१७ आरोपीको भिडियो कन्फरेन्सबाट म्याद थप
सारांश
- काठमाडौँ प्रहरीले पुस २३ यता ८१७ जना आरोपीको भिडियो कन्फरेन्स मार्फत म्याद थप गरेको छ।
- सडकमा राखिएका एआई क्यामेराको सहयोगमा जेनजी प्रदर्शनपछि ५५ जना प्रतिवादीलाई पक्राउ गरिएको छ।
- प्रहरीले सुरक्षा जाँचमा प्रविधिको प्रयोग बढाउँदै बिचौलियाहरूलाई पनि कारबाहीको दायरामा ल्याएको छ।
काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीहरूलाई प्रहरीले अदालतमा भिडियो कन्फरेन्सको माध्यमबाट उपस्थित गराएर म्याद लिने प्रक्रियालाई तीव्रता दिएको छ । २०८२ पुस २३ पछि हालसम्म ८१७ जनाको भिडियो कन्फरेन्समार्फत म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
शुक्रवार पत्रकार सम्मेलन गरेर एसपी भट्टराईले जेनजी प्रदर्शनमा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि भिडियो कन्फरेन्स मार्फत म्याद थप गर्दा सहजता भएको बताए । उनले भने, ‘न्यून भेहिकल हुँदा पनि त्यसबाट हामीलाई काम गर्न सहज भएको छ ।’
जेनजी प्रदर्शनपछि प्रहरीले सडकमा राखिएका एआई क्यामेराको सहयाेगमा ५५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौँको ४५ रेड जोनहरूमा क्यामरा मार्फत दिनमा र रातमा पनि सर्भिलेन्स गरिएको एसपी भट्टराईले बताए ।
काठमाडौँमा सुरक्षा जाँचमा पछिल्लो ६ महिनामा १५६ पटक तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । सुरक्षामा प्रविधिलाई उपयोग गरिएको उल्लेख गर्दै एसपी भट्टराईले थुनामा रहेकाहरूसँग ‘मुद्दा मिलाइदिन्छु’ भनेर ठगी गर्ने ५ जनालाई पक्राउ गरेर ठगी मुद्दा चलाइएको बताए ।
उनले भने, ‘अवसर दुरुपयोग गर्ने बिचौलियाहरूलाई हाम्रो कार्यालय र अन्य सरकारी कार्यालयबाट पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण