सरकारलाई हर्क साम्पाङको खुलापत्र : कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग
सारांश
- प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रशासनिक कार्यशैलीमा सुधार गर्न सरकारलाई खुलापत्र लेखेका छन्।
- उनले कर्मचारीको स्थायी नियुक्ति खारेज गरी करार व्यवस्था लागू गर्न माग गरेका छन्।
- सांसद साम्पाङले झन्झटिला कानुनहरू खारेज गरेर विकासमैत्री कानुन निर्माण गर्न सुझाव दिएका छन्।
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै एक खुलापत्र लेखेका छन्। उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठुलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।
सांसद राईले कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई नपत्याउने, निर्देशनको अवज्ञा गर्ने र प्रक्रियाको नाममा कामलाई निकै ढिलासुस्ती गर्ने गरेको आरोप लगाएका छन्। प्रशासनिक र प्रक्रियागत जटिलतालाई क्यान्सरको संज्ञा दिँदै उनले यस्तो गुजुल्टिएको कानुनी गाँठोलाई फुकाउन ऐन संशोधनको विकल्प नरहेको जिकिर गरेका छन् ।
उनले पत्रमार्फत सरकारलाई दुई वटा मुख्य सुझाव दिएका छन्। पहिलो, अटेरी कर्मचारीलाई आज्ञाकारी बनाउन अहिलेको स्थायी नियुक्तिको व्यवस्थालाई पूर्ण रूपमा खारेज गरी करार व्यवस्था लागू गरिनुपर्ने। दोस्रो, प्रक्रियामै वर्षौँ बित्ने झन्झटिला कानुनहरू खारेज गरेर विकासमैत्री, सरल र सहज कानुन निर्माण गरिनुपर्ने ।
हर्क साम्पाङले आफ्नो पत्रमा यस्ता परिवर्तनका लागि आवश्यक पर्ने सुझाव, सहयोग र सहकार्यका लागि आफू र आफ्नो पार्टी सदैव तयार रहेको समेत उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण