मकवानपुरमा किङ्ग कोब्रा भेटिने क्रम बढ्दो
सारांश
- गर्मी याम सुरु भएसँगै मकवानपुर जिल्लाका विभिन्न स्थानमा किङ्ग कोब्रा भेटिने क्रम बढेको छ।
- पछिल्लो ४ दिनको अवधिमा मकवानपुरका विभिन्न पालिकाबाट विषालु किङ्ग कोब्राको सकुशल उद्धार गरिएको छ।
- उद्धार गरिएका सर्पहरूलाई डिभिजन वन कार्यालयको समन्वयमा सुरक्षित रूपमा जङ्गलमा छाडिएको छ।
हेटौँडा । गर्मी याम सुरु भएसँगै मकवानपुरमा किङ्ग कोब्रा भेटिने क्रम बढ्दै गएको छ । पछिल्लो ४ दिनको अवधिमा मात्रै जिल्लाको केही पालिका भित्र विश्वकै सबैभन्दा विषालु र लामो किङ्ग कोब्रा सर्प भेटिने क्रम बढ्दै गएको हाे ।
वैशाख १ गतेदेखि ४ गतेसम्मको अवधिमा मकवानपुरको हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका र बागमती गाउँपालिकाका किङ्ग कोब्रा भेटिएको हो । शुक्रबार मात्र मकवानपुरका सर्प उद्धारकर्ता राजेश थापा गरिबले हेटौडा उपमहानगरपालिका वडा नम्बर–९,स्थित ओमटोल विकास संस्थास्थित आशिष खतिवडाको मामाघरबाट करिब १२ फिट लामो किङ्ग कोब्राको सकुशल उद्धार गरेका हुन् । घरमा सर्प आएको खबर वडा कार्यालयका कर्मचारी आशिष खतिवडाले गरेपछि उद्धारकर्ता गरिबले कुशलतापूर्वक सर्पको उद्धार गरेर सुरक्षित स्थान जङ्गलमा छाडेको बताएका छन् ।
करिब २ घण्टा लगाएर उद्धार गरेको उक्त किङ्ग कोब्रालाई वडा सदस्य, टोल विकासका अध्यक्ष लगायतका स्थानीय बासिन्दासहित डिभिजन वन कार्यालयको समन्वयमा सुरक्षित वास स्थानमा छाडिएको थियो । यस अघि वैशाख १ गते उद्धारकर्ता गरिबले बागमती गाउँपालिकाको साततल्लेबाट किङ्ग कोब्राको गरेका थिए । डेढ वर्षको अवधिमा मात्रै उनले झण्डै ९ वटा किङ्ग कोब्राको उद्धार गरिसकेका छन् ।
किङ्ग कोब्रा सर्पले अनावश्यक रुपमा मानिसहरूलाई टोक्न रुचाउँदैन र मानिसहरूबाट सकेसम्म टाढा बस्न रुचाउँछ । किङ्ग कोब्रा मात्र एउटा यस्तो सर्प को जसलाई देख्नसाथ बाघ हात्ती जस्ता ठुला जनावरहरु पनि उनीहरूसँग पंगा नलिनका लागि पाइला पछाडि मोड्ने गर्छन् । उनीहरू यस अघि हेटौडा उपमहानगरपालिका वडा नम्बर–९,१० र १९ नम्बर वडाबाट १–१ वटा र हेटौडा–१६ बाट २ वटागरी ४ वटा र मकवानपुरगढी गाउँपालिकाबाट किङ्ग कोब्राको उद्धार गरेर वन कार्यालयसँगको समन्यवमा सुरक्षित स्थानमा छाडेको बताएका छन् ।
यो विश्वकै सबैभन्दा ठुलो, लामो र विषालु सर्प प्रजातिमध्ये एकमा पर्ने किङ कोब्रालाई राजगोमन र कालीनाग पनि भनिन्छ भने किङ्ग कोब्राले सर्प खाने गरेकोले यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । टोकाइमा पाइने न्यूरोटक्सिक भेनम विष अत्यन्त घातक हुन्छ । किङ्ग कोब्राको एक पटकको टोकाइले करिब २१ जना मानिस वा एउटा हात्तीलाई मार्ने गर्छ ।सर्पहरूले वातावरण सन्तुलन कायममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सर्पको संरक्षण गर्न आवश्यक रहेको सर्प उद्धारकर्ता उनले बताएका छन् ।
उनीहरुले अहिलेसम्म मकवानपुर जिल्लाबाट अतिरिक्त मोनोस्लेड कोब्रा, स्पेक्टिकल कोब्रा, बेन्डेड , कोरल स्नेक, ग्रीन पिट भाइपर लगायतका विषालु प्रजातिका र अन्य धामनसहित विभिन्न अविषालु सर्पहरूको उद्धार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण