पेरिसडाँडामा ४० वर्षमुनिका युवाको ६० प्रतिशत सहभागिता माग गर्दै आमरण अनसन सुरु
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता भुवनसिंह विष्टले पार्टीमा ४० वर्षमुनिका युवाको ६० प्रतिशत सहभागिताको माग गर्दै पेरिसडाँडामा आमरण अनसन सुरु गरेका छन् ।
- विष्टले पार्टीलाई गतिशील बनाउन विशेष महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने र पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने लगायतका पाँच बुँदे माग राखेका छन् ।
- पार्टी नेतृत्वले मागका सम्बन्धमा ठोस निर्णय नगरेपछि आफू कठोर सङ्घर्षमा उत्रनुपरेको अनसनकर्ता विष्टले बताएका छन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र युवा नेतृत्वको सुनिश्चितताका लागि दबाब दिँदै पार्टी कार्यालय पेरिसडाँडामा आमरण अनसन सुरु भएको छ । नेकपाका युवा नेता भुवनसिंह विष्टले शनिबारदेखि अनसन सुरु गरेका हुन् ।
उनले पार्टीको केन्द्रीय कार्य संयोजन समितिदेखि सेल कमिटीसम्म ४० वर्षमुनिका युवाहरूको ६० प्रतिशत सहभागिताको माग राखेका छन् । अनसनकर्ता विष्टले पार्टीलाई ‘वृद्धाश्रम’ बन्नबाट जोगाउन र समयानुकूल गतिशील बनाउन युवा सहभागिता अनिवार्य रहेको बताएका छन् ।
विष्टले युवाहरूको मागका सम्बन्धमा गत २०८२ चैत २३ गते पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएका थिए । त्यसयता भएका पटक–पटकका छलफलमा नेतृत्वले ‘केन्द्रीय समितिबाट निर्णय गर्ने भन्दै आश्वासन दिए पनि वैशाख ३ गतेको बैठकले ठोस निर्णय नगरेपछि आफू कठोर सङ्घर्षमा उत्रनुपरेको उनले बताए ।
‘हामीले पार्टी बनाउने दायित्वबाट अलग हुन नसकेर यो कदम चालेका हौँ । हालैको प्रतिनिधि सभा निर्वाचनको जनमतले पनि युवा नेतृत्वको आवश्यकतालाई प्रस्ट पारेको छ । पार्टीलाई युवामैत्री र जुझारु नबनाएसम्म मेरो अनसन जारी रहनेछ,’ अनसन स्थलबाट विष्टले भने ।
विष्टले पेरिस डाँडामा कालो ब्यानरसहित ५ बुँदे माग पत्र सार्वजनिक गर्दै अनसन सुरु गरेका हुन् । अहिले अनसन स्थलमा विभिन्न जिल्लाबाट आएका युवा नेता तथा कार्यकर्ताहरूको ऐक्यबद्धता बढ्दै गएको छ । पार्टी नेतृत्वले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
उनका मुख्य मागहरू यसप्रकार छन् :
–पार्टीका हरेक तह (केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म) मा एकता प्रक्रियामा ४० वर्षमुनिका युवालाई ६० प्रतिशत सहभागी गराउन पर्ने ।
–तीन महिनाभित्र सम्पन्न गर्ने गरी विशेष महाधिवेशनको कार्य तालिका तत्काल सार्वजनिक गर्नुपर्ने
–महाधिवेशन बाट केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने
–प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गरिनुपर्ने ।
–पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्नुपर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण