दुराशययुक्त पार्टी एकीकरण प्रयासप्रति एमालेका युवा महाधिवेशन प्रतिनिधि असहमत
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका केही युवा क्लष्टरका प्रतिनिधिहरूले पार्टी पुनर्गठनको सवाललाई विषयान्तर गर्दै पार्टी एकताको कुरा नगर्न नेतृत्वलाई खबरदारी गरेका छन् ।
पार्टी पुनर्गठन अभियानमा संलग्न युवा संघका उपमहासचिव उपेन्द्र शाही, कोशी प्रदेशका सुजन लामा, बागमतीका सुजन कडरियासहित १० जना युवा प्रतिनिधिले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै नेतृत्वलाई खबरदारी गरेका हुन् ।
उनीहरूले फागुन २१ को निर्वाचनमा भएको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई स्तब्ध बनाएको बताएका छन् । ‘यो हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरी अगाडि बढ्न जोडदार आग्रह गरेका युवाहरुले भनेका छन्, ‘हामी कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण