बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाल र युएईबीचको टी–२० सिरिजको टिकट खल्ती एपबाट किन्न सकिने

शनिबार, ०५ वैशाख २०८३, २२ : ०८
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • नेपाल क्रिकेट संघले कीर्तिपुरमा हुने नेपाल र यूएईबीचको टी-२० सिरिजको टिकट बिक्री खुला गरेको छ।
  • खेलप्रेमीहरूले अब खल्ती एपमार्फत घरमै बसेर सहज रूपमा टिकट खरिद गर्न सक्नेछन्।
  • वैशाख ७ र ८ गते हुने यो सिरिज रात्रिकालीन रूपमा सञ्चालन हुनेछ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको टी–२० सिरिजको टिकट बिक्री खुला गरेको छ।

क्यानका अनुसार आगामी वैशाख ७ र ८ गते हुने ुअण्डर लाइट्सु टी–२० सिरिजका खेलहरूको टिकट डिजिटल वालेट ‘खल्ती एपमार्फत खरिद गर्न सकिनेछ।

क्यानका प्रवक्ता छुम्बी लामाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै खेलप्रेमीहरूलाई घरमै बसेर सहज रूपमा टिकट किन्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए । नेपाल र यूएईबीचको यो शृङ्खला रात्रिकालीन हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप