होर्मुजमा इरानद्वारा भारतीय जहाजमाथि गोली प्रहार
सारांश
- इरानको रिभोलुसनरी गार्डले होर्मुज स्ट्रेटमा भारत आउँदै गरेका दुई वटा जहाजमाथि गोली प्रहार गरेको छ।
- घटनापछि भारतले इरानका राजदूतलाई बोलाएर कडा विरोध जनाउँदै सुरक्षित मार्गको माग गरेको छ।
काठमाडौँ । इरानले शनिबार दिउँसो होर्मुज स्ट्रेटमा कच्चा तेल र ग्यास लिएर भारत आउँदै गरेका दुई वटा जहाजमाथि गोली प्रहार गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार इरानको रिभोलुसनरी गार्डले भारततर्फ आउँदै गरेका १४ वटा जहाजलाई होर्मुज स्ट्रेट पार गर्नबाट रोकेको थियो ।
गोलीबारीपछि १३ वटा जहाज फारसको खाडीमा विभिन्न ठाउँमा फर्केका थिए । एक जहाजमा गोली लागेको थियो भने अर्को एउटा जहाज स्ट्रेट पार गर्न सफल भएको थियो ।
घटनापछि भारतको विदेश मन्त्रालयले भारतका लागि इरानका राजदूत डा मोहम्मद फथालीलाई बोलाएर कडा विरोध जनाएको छ ।
विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानले पहिले पनि भारतीय जहाजहरूलाई सुरक्षित मार्ग दिँदै आएको स्मरण गराउँदै, छिट्टै जहाजहरूको आवतजावत पुनः सुरु गर्न माग गरेको छ ।
इरानले यसअघि होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको थियो। अमेरिकाले युद्धविरामको उल्लंघन गरिरहेको इरानको आरोप थियो । यद्यपि उसले २४ घण्टाभित्रै आफ्नो निर्णय परिवर्तन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण