कमेडियनको फिल्म ‘ककाकिकी’ भदौमा
सारांश
- चर्चित कमेडी दरबार टिमद्वारा निर्माण गरिएको फिल्म 'ककाकिकी' आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- फिल्मको सार्वजनिक पोस्टरमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको विशेष अवतार देखाइएको छ।
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक प्रदर्शन मिति बाहिर ल्याएको हो ।
पोस्टरमा फिल्मका मुख्य चार कलाकार अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी देखिएका छन् । पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले फिल्मको कथालाई सस्पेन्स बनाएको छ । त्यसो त निर्माण टिमले फिल्मको घोषणा गर्दा नै कलाकारहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो, त्यो समयबाटै फिल्म प्रति दर्शकको चासो निकै बढेको थियो ।
फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन् । फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको अभिनय छ ।
सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अगरवाल, विकास अर्याल र सरोज भण्डारी र बिश्वास तिमल्सिनाले गरेका हुन् । फिल्मलाई सुदिप बरालको टिमले खिचेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
-
बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
-
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण