राजनीति
शेखर समूह देउवा पक्षको बैठकमा नजाने
आइतबार, ०६ वैशाख २०८३, १४ : १४
२
सारांश
- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा नजाने निर्णय गरेको छ।
- विशालनगरमा बसेको कोइराला समूहको बैठकले देउवा समूहको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो।
- कोइराला समूहले पार्टीभित्र छुट्टै छलफल गरी आफ्नो तरिकाले अगाडि बढ्ने जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ ।
आइतबार बिहान डा. कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो ।
समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले देउवा पक्षले बोलाएको बैठकमा नजाने बताए ।
‘हामी हिजो उहाँहरू (देउवा पक्ष)ले बोलाएको बैठकमा पनि गएनौँ,’ परियारले रातोपाटीसँग भने, ‘आज पनि जाँदैनौ । पार्टीभित्र हाम्रो छुट्टै समूह छ । बैठक बसेर आफ्नो तरिकाबाट अगाडि बढ्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण