अमेरिकाको लुइजियानामा गोलीकाण्ड, ८ बालबालिकाको मृत्यु
सारांश
- अमेरिकाको लुइजियाना राज्यको श्रेभपोर्टमा भएको गोलीकाण्डमा आठ बालबालिकाको मृत्यु भएको छ।
- प्रहरीले भाग्दै गरेका संदिग्ध आक्रमणकारीलाई पिछा गरी गोली हानी मारेको छ।
- घरेलु विवादका कारण घटेको यस घटनाको लुइजियाना राज्य प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । अमेरिकाको लुइजियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको एक गोलीकाण्डमा आठ बालबालिकाको मृत्यु भएको छ । प्रहरीले घटनालाई घरेलु विवादको परिणाम बताएको छ ।
स्थानीय समयअनुसार बिहान करिब ५ बजे एक बन्दुकधारीले १० जनामाथि गोली चलाएका थिए, जसमा १ देखि १४ वर्ष उमेर समूहका आठ बालबालिकाको मृत्यु भएको हो । प्रहरीले पिछा गर्ने क्रममा भाग्दै गरेका सन्दिग्ध आक्रमणकारीलाई गोली हानी मारेको छ ।
श्रेभपोर्टका मेयर टम आर्सेनाक्सले घटनालाई ‘शहरकै सबैभन्दा दुःखद घटना’ भन्दै यसले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको बताएका छन् । प्रहरीका अनुसार, मारिने केही बालबालिका आक्रमणकारीका आफन्त थिए ।
प्रहरीका अनुसार, आक्रमणकारीले गोली चलाएपछि एउटा गाडी नियन्त्रणमा लिएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले उनको पिछा गरी अर्को स्थानमा पुगेर गोली चलाउँदा उनको मृत्यु भएको थियो ।
प्रहरी प्रमुख वेन स्मिथले घटना कल्पनाभन्दा बाहिरको भएको बताउँदै लुइजियाना राज्य प्रहरीसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण