केन्द्र सरकारको निर्णय कनकासुन्दरी गाउँपालिकाद्वारा अवज्ञा
सारांश
- जुम्लाको कनकासुन्दरी गाउँपालिकाले केन्द्र सरकारको आइतबार बिदा दिने निर्णयलाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
- हिउँदे बिदाका कारण पठनपाठन पुरा नहुने भएकाले गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ।
जुम्ला । केन्द्र सरकारको आइतबार पनि बिदा दिने निर्णय जुम्लाको कनकासुन्दरी गाउँपालिकाले कार्यान्वयन नगर्ने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
सार्वजनिक पत्रमा भनिएको छ, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत्र २६ गते निर्णय कार्यान्वयन गराउने भन्दै शैक्षिक सत्र २०८३ मा विद्यार्थी भर्ना अभियान वैशाख १५ देखि र २१ गतेबाट नियमित पठनपाठन गराउने तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने भनिएको थियो ।’
तर हिमाली जिल्ला अन्तर्गत जुम्ला जिल्लाका सामुदायिक विद्यालयहरू पौष महिनाको १५ दिन र माघ महिनाको ३० दिन गरी जम्मा ४५ दिन बिदा हुने भएकाले तोकिएको पाठ्य घण्टा र पाठ्यक्रम अनुसारको पठनपाठन पुरा हुँदैन ।
यसले विद्यार्थीहरूको सिकाई उपलब्धिलाई मध्यनजर गर्दै गाउँपालिकाले सोमबारबाट लागू हुनेगरी विद्यालयमा नियमित पठनपाठन गर्ने निर्णय गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष पेमकली बुढाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण