स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष
काठमाडौँ । पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ ।
पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरूप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा कोषको स्थापना गरिएको थियो । हाल यो ‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४’ अन्तर्गत सञ्चालित छ ।
कोषले पशुपतिनाथका दैनिक पुजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्री, बालाचतुर्दशी, तीज, साउने सोमबारलगायतका पर्वमा पूजा व्यवस्थित गर्ने गर्दछ । कोषले आजै वार्षिकोत्सव समारोह मनाएको छ । यस अवसरमा पशुपति क्षेत्रमा सफाइ गरिएको थियो ।
सफाइपछि आयोजित कार्यक्रममा कोषका कार्यवाहक सदस्य सचिव श्रीधर सापकोटा, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायतले ४१औँ वार्षिकोत्सव समारोह मनाउने क्रममा उल्लेखनीय काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेसहित उत्कृष्ट काम गर्ने कर्मचारी, महाशिवरात्रिलगायत पर्वमा उत्कृष्ट स्वयंसेवा गर्ने संस्थालाई सम्मानसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण